२०८२ जेष्ठ १० शनिबार

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क १२.१३ प्रतिशते वृद्धि भएको छ। कम्पनीहरुले ६ महिनामा करिब ७० अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क वापत आर्जन गरेका छन्। कम्पनीहरुको गत वर्ष सोही अवधिमा खुद बीमा शुल्क करिब ६२ अर्ब ३८ करोड रुपैयाँ थियो।

चालु वर्षको दोस्रो त्रैमासिकमा सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले ६ महिनामा १८ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

बीमा शुल्क बढी आर्जन गर्ने कम्पनीमा लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा छ। कम्पनी चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा करिब ८ अर्ब ९२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ। कम्पनीले पुस मसान्तसम्म करिब ६ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको छ।

राष्ट्रिय बीमा संस्थान बीमा शुल्क बढी आर्जन गर्ने चौथो स्थानमा रहेको छ। कम्पनीले ६ अर्ब ९ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ।

साथै, युनियन लाइफ इन्स्योरेन्सको बीमा शुल्क ४ अर्ब १२ करोड रुपैयाँ आर्जन गरेको छ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि ३ अर्ब ४६ करोड रुपैयाँ कमाएको छ।

यो मामलामा एशियन लाइफ तीन अर्ब ४६ करोड रुपैयाँ आर्जन सहित छैटौं स्थानमा रहेको छ। यस्तै, मेट लाइफले दुई अर्ब ६८ करोड, सिटिजन्स लाइफले २ अर्ब ५९ करोड, प्राइम लाइफले २ अर्ब ४७ करोड सन नेपालले २ अर्ब, सूर्या लाइफले २ अर्ब ४७ करोड रुपैयाँ, रिलायबल नेपालले २ अर्ब ५९ करोड, ज्योती लाइफले एक अर्ब ७० करोड रुपैयाँ आर्जन गरेको छ।

आईएमई लाइफले एक अर्ब ६३ करोड, गुराँस लाइफले एक अर्ब ६२ करोड, रिलायन्स लाइफले एक अर्ब ४३ करोड, सानिमा लाइफले एक अर्ब १७ करोड र प्रभु लाइफले एक अर्ब एक अर्ब रुपैयाँ आर्जन गरेको छ।

चालु आवको पुस मसान्तसम्म सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ। सबैभन्दा कान्छो यस जीवन बीमा कम्पनीले ६९ करोड ५३ लाख बीमा शुल्क आर्जन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय