२०८१ मंसिर २२ शनिबार

काठमाडौं । टिभिएस स्कुटर र मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसरमा टिभिएस स्कुटरमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ । जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइलगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री गर्दै आएको छ ।

स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो । योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ । योजनाअन्तर्गत उपभोक्ताले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा छ सय रुपैयाँसम्मको स्योरसट नगद छुटका साथै हरेक दिन लक्की ड्रमार्फत् एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट र शून्य व्याजदरमा स्कुटर खरिद गर्न सक्ने बताइएको छ । योजना फागुन ६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय