२०८१ मंसिर २२ शनिबार

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जेनरल म्यानेजर (डिजिएम) मा रेना रिजाल नियुक्त भएकी छन् । एभरेष्ट इन्स्योरेन्सबाट करिअर सुरु गरेकी रिजालले उक्त इन्स्योरेन्समा ११ वर्ष काम गरेकी थिइन ।

त्यसैगरी, उनले कुमारी बैंकमा पनि ११ वर्ष काम गरेर प्रवन्धकको जिम्मेवारी सम्हालिसकेकी छिन । बैंक तथा वित्तीय संस्थामा दुई दशक लामो अनुभव बटुलिसकेकी रिजाल पुन इन्स्योरेन्स क्षेत्रमै फर्किएकी हुन् ।

उनीहरुसँग बैंकिङका साथै इन्स्योरेन्सको पनि अनुभव छ । रिजाले कुमारी बैंकमा डिपोजिट हेड भएर काम गरिसकेकी छिन । त्यही अनुभवलाई सानिमामा लगाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय