काठमाडौ । रियलमीले नेपाली बजारमा नयाँ स्मार्टफोन ल्याएको छ । उपभोक्ताको चाहाना र बजेटअनुरुप रियलमीले नयाँ फोन सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका मोबाइलहरू जाडो महिना लक्षित मोबाइलको रूपमा रहेका पनि कम्पनीले जनाएको छ ।
रियलमीको नयाँ फोनको रूपमा नार्जो ५० आई रहेको छ । राम्रो क्यामेरा, आकर्षक प्रदर्शन, ठूलो डिस्प्ले र थुप्रै सुविधा भएको यस फोनबाट प्रयोगकर्ताले चाहे अनुसारको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।
अर्को स्मार्टफोनमा रियलमी नाइन आई–मिडरेन्ज रहेको छ । गेम खेल्न, फोटोग्राफीमा आकर्षित व्यक्ति अथवा टिकटक लागि यो फोन निकै उपयोगी रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो फोन भ्यालेन्टाइनस् डे अगाडि नै बजारमा आउनेछ ।
यसको मूल्य २६ हजार रुपैया रहेको छ । त्यसैगरी रियलमी जिटी नियो २ फ्ल्यागसिप फोन रहेको छ । १२० एचजेड एमओएलइडी डिस्प्ले, ६५ ड्ब्लु को फास्ट चार्जिङ र फास्ट प्रोसेसर सहितको यो अन्य फोन भन्दा उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।