काठमाडौ । व्युटी प्रडक्टको उत्पादन गर्ने विश्वस्तरिय ब्राण्ड बडीसपले छालाको हेरचाह गर्नको लागि अति उपयुक्त बडी बटर नेपाली बजारमा ल्याएको छ । हावा तथा मौसमी प्रतिकुलताबाट छालालाई बचाउन यि बडी वटर सबैभन्दा प्रभावकारी रहने कम्पनीले जनाएको छ ।
छालामा देखिने स–साना धर्का लगायत चाउरीपनलाई समेत कम गर्न मद्दत गर्ने बडी बटर हात र खुट्टाका छालाको लागि उपयोगी रहने बताइएको छ । बडीसपबाट उत्पादित बडी बटर विश्वस्तरिय मान्यता प्राप्त उत्पादन भएको हुनाले हरेक प्रकारको छालाको लागि उपयुक्त रहने दावी गरिएको छ ।
लामो समयसम्म छालालाई मोइस्ट राख्न सक्ने गुण भएको र विभिन्न प्राकृतिक तत्वले भरिपूर्ण भएको बडीसपको बडी बटर स्ट्रबेरी, ब्रिटिस गुलाफ, बदाम दूध, एभोकाडो, सिया, अर्गन, जैतुन, म्याङ्गो लगायत अन्य १३ फ्लेभरमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी गराएका छन ।