२०८१ पुष २९ सोमबार

काठमाडौं । नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङको अर्को ब्रान्च खोलेको छ । माघ १७ देखि सुटमाला नामक नयाँ ब्रान्च सुरु हुने सञ्चालक राज कार्कीले बताउनुभयो । सुटमाला बागबजारको केएमसी कलेजअगाडि रहेको छ ।

बागबजार सुटहबका लागि परिचित स्थान हो । युवाहरूको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न डिजाइनका आधुनिक सुटसँग सम्बन्धित सबै सुविधा उपलब्ध गराइने सञ्चालक कार्कीले बताउनुभयो । ब्रान्चमार्फत् स्वदेशी उत्पादनलाई पनि विशेष प्राथमिकता दिइने उहाँको भनाइ छ ।

स्वदेशी उत्पादनअन्तर्गत अल्लोलाई जोड दिइने उहाँले बताउनुभयो । कार्कीले भन्नुभयो, ‘अल्लोबाट बन्ने सुटलगायतका सामान उपलब्ध गराउनेछौँ, यसबाहेक इटालियन, इन्डियन ब्रान्डका लुगा सुटमालाले उपलब्ध गराउनेछ ।’

सर्टिङसुटिङमा एक दशक लामो अनुभव बटुल्नुभएका राज कार्कीले सो क्षेत्रमा नयाँ र फरक तरिकाले व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । सुटमालामा अनलाइनबाट पनि अर्डर गर्न सकिने बताइएको छ ।

अर्डरका आधारमा काठमाडौं उपत्यकाभित्र होम डेलिभरी सुविधा पनि प्रदान गरिने उहाँले जानकारी दिनुभयो । यस्तो विषम परिस्थितिमा पनि आफूले नयाँ ब्रान्च सुरु गर्दा युवा पुस्तालाई सकारात्मक सोच र उर्जा मिल्ने कुरामा विश्वास लिएको सञ्चालक कार्की बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर