
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा राकेश पोखरेल नियुक्त हुनुभएको छ । कम्पनीको गत पुस १४ गते बसेको सञ्चालक समिति बैठकले उहाँलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
बिमा समितिले माघ ७ मा स्वीकृति दिएसँगै कम्पनीले पोखरेलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । विगत १३ वर्षदेखि वित्तीय क्षेत्रमा क्रियाशील पोखरेल यसअघि चार्टर्ड एकाउन्टेन्ट फर्म आरपिएलएस एन्ड एसोसिएट्सको नेतृत्वमा हुनुहुन्थ्यो ।
त्यहाँ उहाँले जलविद्युत्, सहकारी, एनजिओ, आइएनजिओ र उत्पादन उद्योग, अस्पताल, विद्यालय र आइटी क्षेत्रको व्यवसायबारे अनुभव र ज्ञान हासिल गर्नुभएको थियो । सन् २००९ मा भारतको आइकाइबाट सिए उत्तीर्ण पोखरेल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर समेत हुनुहुन्छ ।