२०८१ मंसिर २३ आईतवार

काठमाडौं । सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बुधबारदेखि कार्यभार सम्हाल्नुभएको छ । तत्कालीन सिइओ भुवनकुमार दाहाल माघ ११ गते अवकाश भएपछि पाण्डेले जिम्मेवारी लिनुभएको हो ।

नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार लगातार दुई कार्यकालभन्दा बढी सिइओ बन्न नपाइने व्यवस्थाअनुसार दाहाल सानिमाबाट बाहिरिनुभएको बताइएको छ ।

बैंक सञ्चालक समितिको पुस २ गतेको बैठकले पाण्डेलाई सिइओ नियुक्त गरेको थियो । उहाँ सानिमामा २०७८ असोजदेखि नायब प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । पाण्डेसँग साढे दुई दशक लामो बैंकिङ अनुभव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय