२०८१ चैत्र १४ बिहीबार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ६ कम्पनीलाई एक करोड २६ लाख ६२ हजार २ सय ९० कित्ता आइपिओ निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले एक अर्ब २६ करोड ६२ लाख २९ हजार रुपैयाँ बराबरका प्राथमिक शेयर निष्कासनको अनुमति प्रदान गरेको जनाएको छ ।

त्यस्तो प्राप्त गर्नेहरूमा बलेफी हाइड्रोपावर, ग्रीन भेन्चर, नेस्डो समृद्ध लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालले आइपिओ जारी गर्न अनुमति पाएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता एवं कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिनुभयो ।

स्वीकृति पाएका कम्पनीमध्ये ग्रीन भेन्चरस लिमिटेड सर्वाधिक आइपिओ निष्कासनको तयारीमा छ । जलविद्युत समूह अन्तर्गतको ग्रीन भेन्चरस कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता आइपिओ निष्कासनको अनुमति पाएको हो । दोस्रोमा बलेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता बराबरको आइपिओ निष्कासन स्वीकृति पाएको छ ।

यस्तै, राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ताका लागि निष्कासनको अनुमति प्राप्त गर्दा नेस्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता र जालपा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता निष्कासनको स्वीकृति पाएको छ । लगानी उपसमूहको इमर्जिङ नेपाललाई भने बोर्डले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ताका लागि निष्कासन अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय