काठमाडौं । भारतीय आयल कर्पोरेशनलाई इन्धन किनेको पैसा तिर्न सरकारले नेपाल आयल निगमलाई १ अर्ब ८० करोड रुपैयाँ दिने भएको छ। पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरिकरण कोषको बैठकले निगमलाई १ अर्ब ८० करोड रुपैयाँ दिने निर्णय गरेको हो।
आयल निगमले आइतबारसम्म इन्डियन आयल कर्पोरेशनलाई दोस्रो किस्ता १३ अर्ब रुपैयाँ तिर्नुपर्नेछ। तर, पेट्रोलियम पदार्थको बिक्रीबाट ११ अर्ब २० करोड रुपैयाँ मात्रै संकल भएको निगमले जनाएको छ ।
निगमले दुइदिन अघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । जस अनुसार निगमलो मासिक घाटा १ अर्ब ८८ करोड रहेको निगमले जनाएको छ ।