२०८२ बैशाख ११ बिहीबार

काठमाडौं । सरकारले अबकाे तीन महिनामा एक खर्ब ५० कराेड रूपैयाँ आन्तरिक ऋण उठाउने भएकाे छ। यसअघि ६ अर्ब उठाएकाे सरकारले वार्षिक लक्ष्यकाे ४२.१ प्रतिशत आगामी ३ महिनामा उठाउने भएकाे हाे।

सरकारले चैतसम्म ४४ अर्ब रूपैयाँ ट्रेजरी बिलमार्फत उठाउने छ। यसपछि ५४ अर्ब ५० कराेड विकास ऋणपत्रमार्फत, २ अर्ब नागरिक बचत पत्रमार्फत उठाउने छ।

सरकारका तर्फबाट राष्ट्र बैंकले ऋण उठाइदिने छ। आन्तरिक ऋण उठाउन थालेपछि प्रणालीमा तरलता अभाव थप चर्किने छ। सरकारले वैशाख लागेपछि एक खर्ब ३२ अर्ब ५० कराेड रुपैयाँ थप ऋण उठाउने छ। सरकारले चालू वर्ष कुल २ खर्ब ३९ अर्ब आन्तरिक ऋण उठाउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर