
काठमाडौं । नेपालमा बीमा अभिकर्ताको संख्या साढे ७ लाख नाघेको छ । बीमा समितिको तथ्याकंअनुसार नेपालमा जीवन बीमा अभिकर्ताको संख्या ७ लाख ६८ हजार ४२६ जना छ ।
समितिका अनुसार वागमती प्रदेशमा २ लाख ३३ हजार १०२ जना अभिकर्ता रहेका छन् । जुन कुल संख्याको ३० प्रतिशत हुन आउँछ । बागमती प्रदेश पछि लुम्बीनी प्रदेशमा बढी अभिकर्ता छन् । समितिका अनुसार यस प्रदेशमा एक लाख ३१ हजार ५७५ जना रहेका छन् । प्रदेश नम्बर एकमा १ लाख २२ हजार ९१६ जना अभिकर्ता छन् ।
यस्तै, प्रदेश २ मा पनि एक लाख एक हजार, गण्डकी प्रदेशमा ७२ हजार ८९७ र सुदुरपश्चिम प्रदेशमा ६८ हजार ५५१ जना अभिकर्ता रहेका छन् ।
सबैभन्दा कम कर्णाली प्रदेशमा ३७ हजार ५०६ जना अभिकर्ता छन् ।