२०८१ माघ ११ शुक्रबार

काठमाडौं । नेपालस्थित फक्सवागन गाडीको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग-आर नेपाली बजारमा ल्याएको छ । क्लास लिडिङ ठूला एसयुभीका लागि फक्सवागन विश्वमै परिचित छ ।

नयाँ एसयुभी ट्वारेग-आर विश्वप्रसिद्ध छ सिलिन्डर भी-६, ३.० लिटर टबोचाज्र्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित छ, जसले ५३००-६४०० आरपिएममा ३४० पिएस पावर र १३७०-४५०० आरपिएममा ४५० एनएम टर्क जेनेरेट गर्ने बताइएको छ ।

फक्सवागन ट्वारेगलाई पोर्स र फक्सवागन समूहले अडी र फक्सवागन ब्रान्ड समावेश गरी संयुक्त उद्यम परियोजनाका रूपमा विकसित गरेको थियो । कम्पनीका अनुसार ट्वारेग-आर एउटा ठूलो आकारको फन-टु–ड्राइभ लक्जरी एस्युभी हो, जुन जर्मन कार निर्माता फक्सवागन समूहले २००२ देखि ब्राटिस्लाभा प्लान्टमा उत्पादन गरेको हो । नेपालमा सन् २०१० मा आधिकारिकरूपमा बिक्री गर्र्दैै आएकोे फक्सवागन ट्वारेग उच्च वर्गले रुचाएको मोडल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय