
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको १२औं वार्षिक साधारणसभा फाइनान्सका अध्यक्ष कुसप्रसाद मल्लीको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको छ । प्रत्यक्ष र भर्चुअल माध्यमबाट सम्पन्न भएको साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण हुने १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।
फाइनान्सको चु्क्ता पुँजी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रुपैयाँको कुल १५.७९ प्रतिशतले हुन आउने १४ करोड ४५ लाख ७७ हजार ५२६.६८ रुपैयाँ बराबरको लाभांश प्रस्ताव पारित भएको हो । १५ प्रतिशतका दरले बोनस सेयर तथा नगद लाभांश (कर प्रयोजनार्थ) ०.७९ प्रतिशत पारित भएको हो ।
वित्तीय कम्पनीहरु मध्ये उत्कृष्ट बन्ने यात्रामा फाइनान्स अगाडि बढेको साधारणसभामा बोल्दै अध्यक्ष मल्लीले बताए । फाइनान्सले देशभर २० वटा शाखामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।