२०८१ चैत्र १४ बिहीबार

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा रहेको कुनै निष्क्रिय खाताबाट २० वर्षसम्म नझिकिएको रकम बैंकिङ विकास कोषमा जम्मा गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकको यो कोषमा जम्मा भएको रकम बैंकिङ विकासमा प्रयोग गरिने बताइएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ११२ को उपदफा १ बमोजिमको रकम कोषमा जम्मा गर्न भनेको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थामा जम्मा भएको निक्षेप २० बर्षसम्म कसैले लिन नआए राष्ट्र बैंकको बैंकिङ कोषमा राख्नु पर्ने भएको छ।

यस्तो रकम राष्ट्र बैकको बैंकिङ विकास कोषमा जम्मा गर्नु पर्छ। यसरी जम्मा गरिएको रकमको निक्षेपकर्ता सम्बन्धि विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुने छ।

जम्मा गरिएको निक्षेप रकममा कुनै निक्षेपरक्ता वा निक्षेपकर्तको कानुनी हकवालाबाट सम्पुर्ण कानुनी प्रकृया पुरा गरी दावी गर्न आएमा बैंक तथा वित्तीय स्स्थाले प्रमाणसहित राष्ट्र बैंकसँग दावी प्रस्तुत गर्नु पर्ने छ।

राष्ट्र बैंकले त्यसरी जम्मा भएको पैसामा ब्याज दिँदैन। तर सम्बन्धित निक्षेपको ब्याज पाकी रहने हुनाले बैंक तथा वित्तीय संस्थाले भने तिर्नु पर्छ। राष्ट्र बैकको बैंकिङ विकास कोषमा जम्मा भएको रकम बैंकिङ विकासमा प्रयोग गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय