२०८३ बैशाख ८ मंगलवार

काठमाडौं । कामना सेवा विकास बैंक र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर भएको छ । साझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले हस्ताक्षर गर्नुभएको हो ।

साझेदारीसँगै बैंकको मोबाइल बंैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङमार्फत् नमस्ते पेमा फन्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतीय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टपअपलगायतका भुक्तानी सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर