२०८१ माघ ८ मंगलवार

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभाको अवसरमा कम्पनीका संचालक समितिका सम्पूर्ण सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थितीमा कम्पनीले मोबाइल एपको समुद्घाटन गरिएको छ ।

कम्पनीले बीमित तथा अभिकर्तालाई आफ्नो पन महशुस हुने गरी थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले बीमा सेवा आफ्नै औंलामा भन्ने अवधारणा सहित मोबाइल एप को शुभारम्भ गरेको छ ।

कम्पनीको एप प्रयोग गरी बीमा योजनाहरु खरिद गर्न सकिने सुविधा कम्पनीले मिलाएको छ । Android तथा IOS प्रविधीमा चलाउन सकिने कम्पनीकोApp, Play Store र App Store बाट सहजै डाउनलोड गर्न सकिन्छ ।

एपमार्फत कम्पनी तथा कम्पनीका बीमा योजनाहरु र बीमाशूल्कको सम्बन्धमा जानकारी प्राप्त गर्न सकिने, अभिकर्ताले आफ्नो र आफ्नो मातहतमा रहेका अन्य अभिकर्ताहरुले गरेको ब्यवसाय तथा बीमा योजना र बीमाशूल्क गणना सम्बन्धी जानकारी प्राप्त गर्न सकिने सुविधा एपमा रहेको कम्पनीले जनाएको छ ।

बीमितले एप मार्फत बीमाशूल्क भुक्तानी गर्न, बीमालेख तथा बीमाशूल्क भुक्तानीको विवरण प्राप्त गर्न सक्नेछन् । कम्पनीको एप लाई डाउनलोड गर्ने तरिका तथा प्रयोग विधिको सम्बन्धमा You Tube मा हेर्न सकिने ब्यवस्था समेत मिलाईएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय