काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड रआइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवाप्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ ।
र्याफल ड्र क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीहरु युनिमनि कतार मोवाइल वा युनिमनीको अफिसियल वेभसाइट www.unimoni.qa मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन १३ साथै ३० जना सेवाग्राहीहरुले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नुहुनेछ । सोही क्याम्पियनको अवधि १ जनावरी २०२२ देखि १४ मार्च २०२२ (१७ पुष, २०७८ देखि फागुन ३०, २०७८) सम्म जम्मा ६९ दिनका लागि लागु हुनेछ ।
विद्युतिय च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सोही क्याम्पियनको विजेताघोषणा विद्युतीय माध्यमबाट स्थानिय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अनियमित छनोटद्वारा हुनेछ । उक्त क्याम्पियनमा २ वटा ¥याफल ड्र गरी २ चोटी २०/२० जना गरेर पुरस्कार विनियोजन गरिएको छ ।
सोही क्याम्पियनको बारेमा बोल्दै युनिमनी कतारका महाप्रबन्धक फ्लोयड जोनीले “हामी हाम्रा विश्वस्त ग्राहकहरूको विश्वासको लागि पुरस्कृत गर्न डिजाइन गरिएको हाम्रो नयाँ क्याम्पियन घोषणा गर्न पाउँदा उत्साहित छौं । हामी सबै ग्राहकहरूलाई उहाँहरूको बैंक खाता, आइएमई पे वालेट वा नगद पिक–अपको रूपमा सीधै पैसा पठाउनको लागि सबैभन्दा सुविधाजनक र सुरक्षित सेवा प्रदान गर्दछौं । हामी सबै युनिमनी एक्सचेन्ज कतारकोे तर्फबाट म हाम्रा ग्राहकहरूमा सफलता साथै उक्तरोत्तर प्रगति को शुभकामना व्यक्त गर्न चाहन्छु” भन्नुभएको छ ।
युनिमनी एक्सचेन्ज LLC (युनिमनी) वित्तीय सेवाहरूको एक विविध प्रदायक हो । युनिमनीले खुद्रा स्टोरहरू, अनलाइन र मोबाइल समाधानहरूसहित बहु ग्राहक टचपोइन्टहरू मार्फत भौगोलिक, मुद्राहरू र च्यानलहरूमा पैसाको निर्बाध आवागमनको सुविधा दिन्छ । युनिमनी अर्थव्यवस्था र वाणिज्य मन्त्रालय, कतारमा वर्ष २००७ मा कतार केन्द्रीय बैंकद्वारा इजाजतपत्र प्राप्त एक दर्ता सीमित दायित्व कम्पनी हो ।
युनिमनीले खुद्रा र कर्पोरेट ग्राहकहरुको लागी इन–स्टोर र डिजिटल मुद्रा स्थानान्तरण र विदेशी मुद्रा विनिमय समाधानको एक व्यापक स्पेक्ट्रम प्रदान गर्दछ। युनिमनीको मुख्य फोकस वान–स्टप समाधान प्रदायकको रूपमा एउटै छानामुनि ग्राहकहरूको वित्तीय आवश्यकताहरूलाई सम्बोधन गरेर सशक्त बनाउनमा निहित छ।
युनिमनी कतारले आफ्नो ग्राहकहरूका लागि अनलाइन स्थानान्तरण अनुभवलाई बढावा दिन र तीब्र पार्ने उद्देश्यले सस्तो र भरपर्दो अनलाइन मनी ट्रान्सफर सेवा प्रदान गर्दे आएको छ ।
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व आइएमई लिमिटेडले सेवा शुभारम्भको २१ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १२ हजार सवएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।
नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आइएमई डिजिटलले ‘आइएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवाहरू उपलब्ध गराउने छ र यसको सहयोगमा सेवा प्रापकहरूले आफ्नो मोबाइलमार्फत वा एजेन्टको सहयोगमा विभिन्न भुक्तानीसम्बन्धी कार्यहरू गर्न सक्नेछन् ।
कम्पनीले लाखौं ग्राहकहरुलाई आफ्नो मोबाइल फोनबाट सिधै आइएमई पे डाउनलोड गरी आइएमईको व्यवसायिक साझेदार नेटवर्क मार्फत विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सकेको छ ।