२०८१ मंसिर २३ आईतवार

काठमाडौं । केरुङ-काठमाडौं रेल परियोजना अघि बढाउन ६ महिनापछि द्विपक्षीय भौतिक बैठक बस्ने भएको छ। गत साता चीन- नेपाल द्धिपक्षीय भर्चुअल बैठकले ६ महिनापछि भौतिक बैठक गर्ने सहमति गरेको हो।

बैठकको नेतृत्व नेपाल तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले गरेका थिए भने चीनतर्फको नेशनल रेल्वेका प्रतिनिधिले गरेका थिए।

बैठकमा चिनियाँहरुले बैठक बस्नु अघिको ६ महिनामा थप अध्ययनका लागि गर्नुपर्ने तयारी थाल्ने मन्त्रालयका एक इन्जिनियरले बताए। उनका अनुसार कोरोना सुरु भएको दुई बर्षसम्म सो परियोजना अघि बढाउने विषयमा औपचारिक रुपमा छलफल समेत हुन सकेको थिएन।

यो वीचमा नेपालले दुई पटक कुटनीतिक माध्यमबाट पत्राचार गरेको थियो। तर चिनियाँ पक्षले वास्ता गरेको थिएन्। एमसीसीसँग जोडेर नेपालमा टिप्पणीहरु हुन थालेपछि उनीहरु द्धिपक्षीय छलफल गर्न तयार भएका हुन्। नेपालले पटक पटक अनुदान सहयोगमा सम्भाव्यता अध्ययन गरिदिन प्रस्ताव गरेको थियो।

चिनियाँ आर्थिक र प्राविधिक सहयोगमा यो रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन भएको थियो। चिनियाँ कम्पनी फर्ष्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युटले तीन बर्ष अघि करिब तीन महिना अध्ययन गरेर प्रतिवेदन तयार पारेको हो।

उक्त प्रतिवेदन नेपाल सरकारलाई दिइसकेको छ। जस अनुसार यो रेलमार्ग ७२ किलोमिटर लम्बाईको हुनेछ। यो परियोजनाको लागत २ खर्ब ५६ अर्ब रुपैयाँ अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय