२०८२ असार १ आईतवार

काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साभारणसभाले चुक्ता पूँजीको १२ दशमलब ७० प्रतिशत बोनस शेयर तथा शुन्य दशमलब ६६ प्रतिशत नगद लाभांश गरी १३ दशमलब ३६ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूजी बृद्धि भई २ अर्ब ५५ करोड कायम हुने छ ।

सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै संचालक समितिमा संस्थापक शेयरधनी समुह क बाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयरधनी समूह ख बाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन समेत सम्पन्न गरेको छ ।

संस्थापक शेयरधनी समुह क बाट अध्यक्ष भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएका छन । सर्वसाधारण शेयरधनी समूह ख बाट कृति टिवडेवाल तथा बीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित भएका छन ।

कम्पनीले चालु आ.व. २०७८/७९ को मंसिर मसान्तसम्म मुलुकभरका १ सय ३५ शाखा सञ्जालमा रहेका ४९ हजार ७ सय १७ अभिकर्ता मार्फत १ लाख २२ हजार ९ सय ७० बीमालेखबाट २ अर्ब १ करोड ८५ लाख ७१ हजार रुपैया बीमाशुल्क आर्जन गर्नुका साथै कुल दावी भुक्तानी २९ करोड १८ लाख ६७ हजार गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय