२०८१ चैत्र १४ बिहीबार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले एक कार्यक्रम आयोजना गरी पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतक बीमित कृष्ण बहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको छ।

बीमित थापाले १० लाख रुपैयाँ बीमाङ्कको बीमालिएको ६ मिहिना नबित्दै सडक दुर्घटनाको कारण मृत्यु भएको थियो । कम्पनीले बीमाङ्क बापतको १० लाख रुपैयाँ, दुर्घटना सुविधा बापत १० लाख रुपैयाँ र बोनस बापत ४८,००० रुपैयाँ थप गरी एकमुष्ठ २० लाख ४८ हजार रुपैयाँ बीमितले इच्छाएको व्यक्ति गंगा थापालाई हस्तान्तरण गरेको बीमा कम्पनीले जनाएको छ ।

स्व. बीमितको परिवारलाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकालमार्फत कम्पनी सचिव भरत के.सी., दावी बिभाग प्रमुख राजु राजचल र दावी विभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा चेक हस्तान्तरण गरेको कप्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय