२०८१ चैत्र २ शनिबार

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालमा बीमा कमपनीहरूको व्यवसाय करिब १९ प्रतिशत भन्दा धेरैले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन समग्रमा १८.८७ प्रतिशतले वृद्धि भएको बीमा समितिको तथ्यांक छ ।

समीक्षा अवधिमा जीवन बीमालेख २८ प्रतिशत र वैदेशिक रोजगार बीमालेख २२.२७ प्रतिशतले बढेको छ । यस्तै निर्जीवन बीमालेख भने ३.१५ प्रतिशतले मात्र वृद्धि भएको छ ।

सो अवधिमा जीवन बीमाशुल्क संकलन १६.७८ प्रतशतले बढेर ५७ अर्ब ७९ करोड रुपैयाँ नाघेको छ भने निर्जीवन बीमाशुल्क संकलनमा २७.३९ प्रतिशतले बढेर १५ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी पुगेको छ । वैदेशिक रोजगार समेतको गरी बीमाको पहुँच पुगेको जनसंख्या २८.०१ प्रतिशत रहेको समितिको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय