२०८२ जेष्ठ ६ मंगलवार

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह घरजग्गाको धितोमा ६६.५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७७ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.२ प्रतिशत थियो ।

यसैगरी कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा प्रवाह १२.४ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले बढेको छ ।

सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १४.५ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ३।.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ७.१ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ८.४ प्रतिशतले र हायर पर्चेज कर्जा ४.२ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृतिको कर्जा ४.१ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय