२०८२ जेष्ठ ९ शुक्रबार

काठमाडौं । विश्व सरसफाई अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान शुरु गरेका छन् । पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान शुरु गरेका हुन् ।

रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाई कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिनुभयो ।

उहाँले २०१५ सालमा महानगरपालिका बनेदेखि काठमाडौं उपत्यकाको फोहोरको व्यवस्थापन महानगरले गर्ने भनिएपनि त्यो अनुसारको काम नभएको भन्दै काठमाडौं उपत्यका सफाई अभियान समूहको समन्वयमा रानीपोखरी वरपरका क्षेत्रहरु सफा गर्न लागिएको बताउनु भयो ।

अभियन्ता मानवले बिहान ६ देखि ९ बजे, ११ देखि ४ बजेसम्म र राति ८ देखि ११ बजेसम्म गरी दिनमा तीन पटक फोहोर नगरौँ एक महिने अभियान शुरु गरेको बताउनु भयो ।

विश्व सरसफाई अभियन्ता मानवले भन्नुभयो, हामी २०६७ भाद्रबाट विश्वका र नेपालको विभिन्न फोहोर शहरहरु बढारेर हिँडेका छौँ । हामी पुस ४ गतेदेखि माघ ४ गते एकमहिनासम्म काठमाडौं उपत्यका सफाई अभियान समूहको समन्वयमा बिहान ६ देखि ९ बजेसम्म र १२ जनासम्मले बढार्ने र त्यसपछि फेरि ११ देखि ४ बजेसम्म फोहोर नगरौँ अभियान शुरु गरेका हौँ । त्यसपछि फेरि राति ८ देखि ११ बजेसम्म रानीपोखरी, जमलको वरिपरीका बाटो र पेटीमा दिनको तीन पटक सफा गर्ने अभियान शुरु गरेका छौँ ।’

यता काठमाडौं महानगरपालिकाले रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको छ। केहि साना संरचनाको निर्माण्को काम सम्पन्न भएपछि छिट्टैखुल्ला गर्ने बताइएको छ । रानीपोखरी आसपासको क्षेत्रमा भइरहेको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

रानीपोखरी प्रवेशद्धार, टिकट काउन्टर तथा शौचालयको निर्माण कार्य भइरहेको छ।रानीपोखरी प्रवेशका लागि जमल क्षेत्रमा प्रवेशद्धारसँगै फल्चाको पनि निर्माण कार्य भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय