२०८१ चैत्र ५ मंगलवार

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले चालु आर्थिक वर्षमा २८ वटा पार्क बनाउने भएको छ । प्राधिकरणले चालु आर्थिक वर्षको प्रतिस्थापन बजेटमा उल्लेख भएको २८ वटा पार्क बनाउने भएको हो ।

प्राधिकरणले विगत लामो समयदेखि नै वार्षिक रुपमा विभिन्न स्थानमा पार्क निर्माण गर्दै आएका छन् । सोहीअनुसार यो वर्ष २८ वटा पार्क बनाउने कार्य अगाडि बढाएको प्राधिकरणका आयुक्त जानुका ढकालले जानकारी दिइन् ।

उनकाअनुसार २८ वटा पार्कमध्ये ३ वटा नमुना पार्क बन्ने भएको छ । जसमा उक्त पार्क बहुवर्षीय योजनामार्फत् निर्माण कार्य सम्पन्न हुनेछ ।

पार्कका लागि अहिले प्रति पार्क १ करोडको बजेट छुट्टटाइएको छ । तर, बहुबर्षीय योजना भएकाले सो पार्कहरू लगभग ४ करोडसम्म्म लागत पुग्न सक्ने ढकालको अनुमान छ ।

चालु आवको अन्त्यसम्ममा प्राधिकरणले २५ वटा पार्कको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । जसमा १५ वटा पार्क १ करोड लागतको र अन्य १३ वटा पार्कको लागत १० लाखदेखि निर्माण कार्य शुरु भएको उनको भनाइ छ ।

प्राधिकरणले काठमाडौंको लैनचौरमा लैनचौर सहिद पार्क, बुढानिककण्ठमा गिरिजाप्रसाद पार्क र ओमनगर पार्क, चम्पादेवी पार्कलगायत अन्य विभिन्न स्थानमा पार्क बनाउने भएको छ ।

त्यस्तै, भक्तपुरमा अनन्तलिङ्गेश्वर महादेवी खोला पार्क, गणेशमान बाटिका पार्क, नाकथली कृष्ण मन्दिर पार्क, सल्लाघारी पार्कलगायत अन्य स्थानमा पार्क निर्माण गर्ने भएको छ । ललितपुरमा भने सैबु भैंसेपाटीलगायत अन्य विभिन्न स्थानमा पार्क निर्माण कार्य अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय