
काठमाडौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ३ देखी ५ पुस सम्म बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम उदयपुरको गाइघाटमा सम्पन्न गरेको छ ।
कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिएका थिए । तालिममा १० जना प्रशिक्षार्थी सहभागी रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।