२०८२ बैशाख ११ बिहीबार

काठमाडौं । पछिल्लो महिना क्युआर कोड पेमेन्ट रमकमा कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिकमा ५ अर्ब ३६ करोड २० लाख रुपैयाँ क्युआर कोडबाट पेमेन्ट भएको छ । असोज महिनामा क्युआर कोड मार्फतको पेमेन्ट रकम ६ अर्ब ९ करोड ७० लाख रुपैयाँ थियो । पेमेन्टसँगै क्युआर कोडमार्फत हुने ट्रान्जेक्सन संख्यामा पनि १ लाख २८ हजारले घटेको छ ।

असोजमा १५ लाख १५ हजार ३ सय २९ वटा ट्रान्जेक्सन भएको थियो भने यो संख्या कात्तिकमा १३ लाख ८७ हजार ५ सय ८४ मा झरेको हो । राष्ट्र बैंकका अनुसार असोज महिनाको तुलनामा कात्तिक महिनामा वालेट कारोबार रकम पनि घटेको छ । असोज महिनामा १५ अर्ब १८ करोड ७० लाख रुपैयाँ वालेटबाट कारोबार भएको थियो ।

गत कात्तिकमा यो रकम घटेर १३ अर्ब ९४ करोड ९० लाख रुपैयाँमा झरेको छ । यसैगरी, वालेट ट्रान्जेक्स संख्यामा पनि गिरावट आएको छ । असोजमा महिनामा कुल १ करोड ३५ लाख ६५ हजार ५४ वटा वालेट ट्रान्जेक्सन थियो ।

यो संख्या कात्तिकमा घटेर १ करोड ३० लाख ३० हजार ८ सय ५६ मा सिमित भएको छ । यसैगरी, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फतको टान्जेक्सन तथा कारोबार रकम समेत घटेको छ । क्रेटिड कार्ड, डेबिट कार्ड, आइफिएस, आइफिएस कनेक्ट, ईसिसि लगायत सबै माध्यमबाट हुने कारोबार रकममा कमी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर