
काठमाडौं । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले डिलर मिट सम्पन्न गरेको छ।
एमएडब्लू वृद्धिले आफ्ना नेपालभरि रहेका आधिकारकि डिलरलाई उत्साहित गर्ने उद्देश्यले सोल्टी क्राउन प्लाजामा आधिकारिक डिलरको डिलर मिट आयोजना गरेको हो। कार्यक्रममा विशेष अतिथिको रूपमा एमएडब्लू ग्रुपका चेयर म्यान बिष्णु कुमार अग्रवाल रहेका थिए।
यस कार्यक्रमको मुख्य उद्देश्य एमएडब्लू वृद्धि कमर्सियल भेहिकल आबद्ध भएका व्यवसायीको भविष्यमा कसरी सुधार गर्ने भन्ने रहेको थियो। यस सम्बन्धमा एमएडब्लू वृद्धि कमर्सियल भेहिकलका सेल्स हेड नविन आचार्यले जानकारी दिएका थिए। कम्पनीको आगामी पाँच बर्षमा आउने विभिन्न गाडीहरु र कम्पनि कसरि आगाडी बढ्छ भन्ने विषयमा पनि डिलर मिटमा छलफल भयो ।