काठमाडौं । सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको शपथ ग्रहण गर्नुभएको होे ।
शपथपछि अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारीरूपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन पालना गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैंक मर्जर गर्न वा सबै पक्षको हित हुने गरी सम्मानजनक मर्जरका लागि खुला रहेको पनि उहाँले बताउनुभयो ।















