२०८१ मंसिर २४ सोमबार

काठमाडौं । आर्थिक वर्ष २०७८–७९ को पहिलो तीन महिनामा वैदेशिक सहायता प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक तिहाईले घटेको छ । उक्त अवधिमा वैदेशिक सहायता प्रतिबद्धतामा ३४.५ प्रतिशतले कमी आई ५५ अर्ब ९४ करोड रहेको छ अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

उक्त प्रतिबद्धतामध्ये अनुदान सहायता ५ अर्ब ८१ करोड र ऋण सहायता ५० अर्ब १३ करोड रहेको मन्त्रालयले जानकारी दिएको छ । वैदेशिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको अंश क्रमशः १०.४ प्रतिशत र ८९.६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक सहायता रकम ८५ अर्ब ३९ करोड रहेको थियो ।

कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये एशियाली विकास बैंक, विश्व बैंक र आईएफएडीबाट क्रमशः ३६.३ प्रतिशत, ३३.६ प्रतिशत र २०.८ प्रतिशत प्राप्त भएको मन्त्रालयको आर्थिक बुलेटिनमा उल्लेख छ ।

कुल वैदेशिक सहायता प्रतिवद्धतामध्ये सबैभन्दा बढी कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचार एवं सोसँग सम्बन्धित पूर्वाधार निर्माणको र सबैभन्दा कम खानेपानी तथा सरसफाई क्षेत्रमा प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय