२०८१ चैत्र २ शनिबार

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप निरन्तर घट्न थालेको छ। बैंकर्स संघले सोमबार सार्वजनिक गरेको मंसिर १० गतेसम्मको तथ्यांक अनुसार, एक सातामै निक्षेप ६ अर्बले घटेको छ।

यही एक साताको अवधिमा बैंकहरुको ऋण १४ अर्ब रुपैयाँले बढेको छ। मंसिरमा मात्र बैंकहरुको निक्षेप १४ अर्बले घटेको छ भने ऋण २१ अर्ब रुपैयाँले बढेको छ।

चालु आर्थिक बर्ष लागेयता निक्षेप जम्मा १८ अर्बले बढेको छ। ऋण भने ३ खर्ब ३४ अर्ब रुपैयाँले बढेको छ।

बैंकहरुको कुल निक्षेप ४२ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। कुल ऋण भने ४० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। कर्जा र निक्षेपको मात्र अनुपात मापन गर्दा सीडी रेसियो ९६ प्रतिशत नाघेको छ। यद्यपी सीडीमा बिदेशबाट ल्याएको पैसा र पुनर्कर्जा जोड्न पाइन्छ। यति जोड्दा पनि सीडी रेसियो ९१ प्रतिशत पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय