२०८१ माघ २ बुधबार

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।

मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मंसिर १९ गतेसम्म उक्त निर्देशन कार्यान्वयन नगर्न आदेश जारी गरेको हो। इजलासले विपक्षी परराष्ट्र मन्त्रालय र एनआरएनएलाई मंसिर १९ मा छलफलका लागि समेत बोलाएको छ।

मंसिर १९ मा दुबै पक्षको छलफलपछि उक्त आदेशले निरन्तरता पाउने वा नपाउनेमा आदेश हुनेछ। हालको अन्तरिम आदेशले निरन्तरता पाए परराष्ट्रको निर्देशन कार्यान्वयनमा रोक लाग्नेछ। आदेश खारेज भएमा निर्देशन कार्यान्वयनको बाटो खुल्नेछ।

परराष्ट्रले असोज ११ र कात्तिक १७ गते दुई पटक निर्वाचन प्रक्रिया रोक लगाउने गरी निर्देशन दिएको थियो। एनआरएनएले उक्त निर्देशन हस्तक्षेप भएको भन्दै अदालतमा रिट दायर गरेको हो। मंसिर ९ गते रिट दायर भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय