२०८१ माघ २७ आईतवार

काठमाडौ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालीले फोटोनको विश्वस्तरीय टुनल्याण्ड एम्बुलेन्स नेपाली बजारमा बिक्री सुरु गरेको छ । एम्बुलेन्स भित्र विरामीका लागि आवश्यक सबै मेडिकल पूर्वाधार उपलब्ध छन । बिरामीलाई अस्पताल लैजाँदा वा ल्याउँदा निकै सहज हुने कम्पनीले बताएको छ ।

अस्पतालहरुको आवश्यकताअनुसार एम्बुलेन्समा आवश्यक थप पूर्वाधारसहित सुविधायुक्त बनाउन समेत सकिने कम्पनीले बताएको छ । टुनल्यान्ड एम्बुलेन्समा २.८ लिटर क्षमताको डिजेल इन्जिन दिएको छ ।

उक्त इन्जिनले १२० किलोवाट पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३६० एनएम रहेको छ । फोर वाई फोर सिस्टम जडान भएको यो पीकअप विश्वका १४० भन्दा बढी देशमा बिक्री वितरण हुँदै आएको छ । यसमा २ सय १० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

अधिकत १५० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्न सक्ने यो पीकअपमा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार अब फोर व्हील ड्राइभ, पावर स्टेरिग,सस्पेन्सन चेन सिस्टमको एम्बुलेन्स मात्र संचालन गर्न पाउनेछन ।

सन् १९९६ मा चीनमा स्थापना भएको फोटोनले ठूला ट्रक, साना मझौला ट्रक, पीकअप, बस र निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय