२०८१ माघ २४ बिहीबार

काठमाडौ । आर्थिक वर्ष शुरू भएको पहिलो चार महीना बित्दा पनि पूँजीगत खर्च ५ प्रतिशतको हाराहारीमा मात्र भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पूँजीगत खर्च जम्मा ४ दशमलब ७३ प्रतिशत मात्रै भएको हो ।

आर्थिक वर्षको पहिलो चार महीनामा बजेटमा बिनियोजित २० अर्ब ७९ करोड मात्रै खर्च भएको हो । यो गत आर्थिक वर्षभन्दा पनि न्यून हो । गत वर्ष कात्तिकसम्ममा विनियोजनको ८ दशमलब ३४ प्रतिशत खर्च भएको थियो । यो वर्ष सरकारले ४ खर्ब ३९ अर्ब बजेट विकास लक्षित पूँजीगत खर्चका लागि छुट्टाएको छ । लक्ष्य अनुसार, खर्च गर्न बाँकी आठ महीनामा विनियोजनको ९५ प्रतिशत खर्च गर्ने काम चुनौतीपुर्ण हुने देखिएको छ ।

आर्थिक बर्षको पहिलो चार महिनामा साधारण खर्च भने १७ दशमलब ६१ प्रतिशत खर्च भैसकेको छ । साधारण खर्चको अधिकांश रकम तलब–भत्ता लगायतमा हुने गर्दछ । सरकारले यो बर्ष १६ खर्ब ३२ अर्बको बजेट सार्वजनिक गरेको थियो । १० खर्ब ३ अर्ब चालू बजेट विनियोजनमध्ये कात्तिक मसान्तसम्ममा २ खर्ब ३३ अर्ब अर्थात् २३ दशमलब २६ प्रतिशत खर्च भएको महालेखाको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय