२०८१ माघ ८ मंगलवार

काठमाडौ । कोका–कोलाले राकुटेन भाइबरसँग सहयात्रा गरेको छ । सो सहयात्रामा कोक एण्ड मील्सको थिम अन्तर्गत कोका–कोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स ‘फूड ¥याण्डमाइजर’को लन्च गरेको हो ।

नेपालमा १ करोड भन्दा बढी भाइबर प्रयोगकर्ताहरूले यो रमाइलो फिल्टरको मजा लिन सक्नेछन्। जहाँ उनीहरूले आफ्ना साथी, सहकर्मी वा परिवारलाई आफ्ना लागि कोक र खानाको लोकप्रिय संयोजनका लागि माग गर्न सक्ने कम्पनीले दाबी गरेको छ ।

फिल्टरमा कोक र मस्म, कोक र पिज्जा, कोक र चाउमिन जस्ता लोकप्रिय कोक र मील्सका कम्बोहरू ¥याण्डम्ली जेनेरेट हुन्छ । जेनेरेट भएको एउटा कोक एण्ड मील्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सुरक्षित गर्न सक्नेछन ।

कम्बो किनिदिन अनुरोध गरी आफ्ना साथीहरू, सहकर्मी वा परिवारलाई सजिलै पठाउन सक्नेछन् । थप रूपमा, प्रयोगकर्ताले आफ्नो अनुहार पनि फिल्टरमा राख्न सक्ने कम्पनीले जनाएको छ ।

भाइबरका सिनियर निर्देशक डेभिड त्सेका अनुसार कोका–कोलासँग साझेदारी गरी यो रमाइलो, प्रविधि–संचालित परिवार र साथीहरुलाई विभिन्न खानाको संयोजन पस्किन पाउँदा अत्यन्तै उत्साहित बनाएको छ ।

कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले कोका–कोलाले सबै परिवारलाई साथमा ल्याएर खानाको पललाई विशेष बनाउने बताए । ‘यो नयाँ कोक एण्ड मील्स भाइबर लेन्स विशेष गरी नेपालका युवाहरुमाझ रमाइलो कुराकानी गराउने र कोक र खानाका साथ विशेष पलहरु मनाउने हाम्रो प्रयास हो’ उनले भने, ‘हामी आशा गर्दछौं कि उपभोक्ताहरू भाइबर लेन्स प्रयोग गर्न उत्साहित हुनेछन् । साथै उनीहरुले साथी तथा परिवारसँग यसलाई सेयर गरी रमाइलो गर्नेछन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय