२०८१ माघ २७ आईतवार

काठमाडौ । कोरोनाका कारणले समस्यामा पारेका उद्योगी र व्यवसायीले ५ करोडसम्म पुनःकर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंक तथा वित्तीय संस्थाहरुलाई पुनःकर्जाका लागि आवेदन दिन आग्रह गरेको छ ।

निजी क्षेत्रले राहत नपाए धेरै उद्योग–व्यवसायहरू बन्द हुने अवस्थामा पुगेको भन्दै राष्ट्रबैंकले कोरोनाबाट अति प्रभावित र मध्ये प्रभावित व्यवसायीहरूलाई पुनःकर्जाको नीति लिएको हो ।

कोरोनाका कारण समस्यामा परेका उद्योगी र व्यवसायीले आफूले कारोबार गरेको बैंकमा पुनःकर्जाको लागि आवेदन दिन सक्ने छन् । सरकारले यातायात, पर्यटन, चलचित्र उत्पादन, सिनेमा हल, रोजगारी गुमेका, कुखुरापालन व्यवसाय, पशुपन्क्षी, हवाई तथा पर्यटकीय मनोरञ्जन, मनोरञ्जन पार्क, पार्टी प्यालेस, मत्स्यपालन लगायतका व्यवसायलाई कोरोना प्रभावितको सूचीमा राखेको छ ।

सीपमुलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, विद्यालय, निर्माण व्यवसाय, औषधि उत्पादक, छपाइ प्रकाशन तथा सञ्चार गृह, फलामजन्य व्यवसाय र अस्पताल पनि प्रभावित सूचीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय