
नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा ३० वर्षभन्दा बढि अवधीको कार्यअनुभव संगाल्नुभएकी श्रीमती बिजया स्वाँर एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिको बैंठकले उहाँलाई उक्त पदमा नियुक्ती गरेको हो ।
नवनियुक्त सञ्चालक श्रीमती स्वाँरले बैंकका सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिनुभएको छ ।
फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गर्नुभएकी उहाँ कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गर्नुभई सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश हुनुभएको थियो ।