२०८१ पुष २९ सोमबार

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रकाशराज शर्मा चयन भएका छन् । संघको पन्ध्रौं साधारणबाट शर्माकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएकाे हाे ।

संघको उपाध्यक्षमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका मिन बहादुर बोहरा, महासचिवमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका राम बहादुर यादव, कोषाध्यक्षमा उन्नति सहकार्य लघुिवत्त वित्तीय संस्थाका प्रेम बहादुर पाठक र सचिवमा सबैको लघुवित्त वित्तीय संस्थाका सचिव केशवकुमार पौडेल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा जन उत्थान लघुवित्त वित्तीय सस्ंथाका श्रीराम पोखरेल, महुली लघुवित्त वित्तीय संस्थाका गंगाधर पाण्डे, इन्फिनिटी लघुिवत्त वित्तीय संस्थाका प्रविण कुमार लामा, आशा लघुवित्त वित्तीय संस्थाका बद्री प्रसाद दुलाल, सिभिल लघुवित्तका विनोद आचार्य र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाकी बिमला योगी चयन भएका छन् ।

लघुवित्त संस्थाहरूको २०७८ असार मसान्तको कूल पूँजी कोष ३९ अर्ब, सदस्यहरूको निक्षेप १३० अर्ब, अन्य संस्थाहरूबाट सापटी २०७ अर्बका साथै लगानीमा रहिरहेको कर्जा ३६६ अर्ब रहेको बताइएकाे छ । नेपाल लघुवित्त बैङ्कर्स संघले छाता संगठनका रूपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहितका लागि काम गर्दै आएको छ । संघको विद्यमान ७० मध्ये ५० वटा लघुवित्त सस्ंथाहरू यसका सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर