२०८१ माघ २५ शुक्रबार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले आफ्नो कार्यभार सम्हालेका छन् । असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले लाललाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। व्यवस्थापनमा स्नातकोत्तर गरेका लालले एलआइसी नेपालमा विभिन्न तहमा रहेर १८ वर्ष काम गरिसकेका छन् ।

एलआईसी नेपालको प्रमुख कार्यकारी अधिकृत सहित तीन जना भारतबाट आउने व्यवस्था छ । यसले गर्दा कम्पनीमा विगत लामो समयदेखि समस्या देखिदै आएको छ । भारतीय व्यवस्थापकलाई रिझाउन सक्ने कर्मचारीले उचित स्थान पाउने गरेको पाइन्छ । उच्च व्यवस्थापनमै भारतबाट तीन जना कर्मचारी आउदा कम्पनीको पोलिसी निर्माणदेखि लिएर रणनीति बनाएर कार्यान्वयनमा समस्या देखिदै आएको छ ।
उनिसँगै बाग्मती प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका स्मृति राज कंर्डेल पनि गुराँस लाइफको डिसिओमा नियुक्त भएका छन् । उनले असोज महिनामै कार्यभार सम्लालिसकेका छन् ।

गुराँस लाइफले निवर्तमान प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद भट्टराईको कार्यकाल बाँकी हुँदै गर्दा प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापनका लागि विज्ञापन आह्वान गरेको थियो । कम्पनीको दवाव पछि भट्टराईले कार्यकाल दुई महिना बाँकी हुँदै गर्दा राजिनामा दिएर बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय