
काठमाडौँ । नेपालमा कोरोना विरुद्ध ३२ प्रतिशत लक्षित जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाएका छन् ।
सरकारले ३ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई १८ वर्षभन्दा माथिका लक्षित वर्ग अन्तर्गत राखेको छ ।
कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६९ लाख ६२ हजार १ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
पहिलो मात्रा खोप ८७ लाख ३ हजार ७ सय ५ जनाले लगाएको मन्त्रालयले जनाएको छ ।
यसैगरी काठमाडौँ उपत्यकामा १८ वर्षमाथिका ३१ लाख ३९ हजार ७ सय ७३ जनालाई कोरोना विरुद्ध खोप लगाउने लक्षित वर्गमा राखेको मन्त्रालयले जनाएको छ ।
काठमाडाँै उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौँका ७४ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
कोरोना विरुद्धको पहिलो मात्रा खोप ८१ प्रतिशतले लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।