२०८१ चैत्र १३ बुधबार

काठमाडौं । केएल टावरले ‘रमाइलो दशैंतिहार’ हरेक हप्ता उपहारै उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार पाउनेछन् ।

केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैयाँ बराबरको सपिङ भौचरका साथै अन्य आकर्षक उपहार रहेको छ ।

एक हजार रुपैयाँ वा सोभन्दा बढीको सामान खरिदमा साप्ताहिकरूपमा सिजी ब्रान्डका होम अप्लाइन्सेज, टिभी, फ्रिज, रेफ्रिजेरेटर, वासिङ मेसिन, आइरन, हिटर, भ्याकुम क्लिनरलगायतका घरायसी सामग्री उपलब्ध गराइने केएल टावरले जनाएको छ ।

बम्परमा एकजनालाई टिभिएस अपाचे आरटिआर १६० २ भी प्रदान गरिने उपहार योजनाका संयोजक हिरामणि तिमिल्सिनाले बताउनुभयो । योजना कात्तिक ३० गतेसम्म सञ्चालन हुने पनि उहाँले जानकारी गराउनुभयो ।

उपहार योजनामा सहभागी हुन कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । उक्त रकम बराबरको सामान खरिदपछि उपभोक्तालाई कुपन उपलब्ध गराइनेछ । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय