२०८१ माघ २७ आईतवार

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसेवी समुहको आर्थिक सहयोगमा गठित उदयपुर जिल्ला, चौडण्डीगढीको कटरवोटेमा रहेको दिदी बहिनी कृषक समूहलार्ई फोटोकपी सहितको एक थान प्रिन्टर खरिद गरी हस्तान्तरण गरेको छ ।

सो संस्थाले करिब एक दशकदेखि त्यस क्षेत्रका थप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आइरहेको छ ।

तर सो स्थान निकै नै विकट स्थानमा रहेको हुँदा तालिमका लागि आवश्यक कागजातहरु समेत छाप्न निकै समस्या भएकोले गर्दा समाजसेवी समुहको आवेदन अनुसार दिदी बहिनी कृषक समूहलाई सो प्रिन्टर प्रदान गरिएको हो ।

बैंकका तर्फबाट बंैकका महाप्रबन्धक अनुप मास्केले दिदी बहिनी कृषक समूहका सचिव डा. निर्मला थापालाई एक समारोहबिच उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । सो समारोहमा बैंकका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय