२०८१ माघ २ बुधबार

काठमाडौँ । सरकारले आन्तरिक हवाई उड्डयन क्षेत्रमा देखा परेका समस्याको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता आज बसेको बैठकले नागरिक उड्डयन प्राधिकरणका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा ५ सदस्यीय छानबिन समितिको गठन गरेको हो ।

समितिको सदस्यमा प्राधिकरणका पूर्व निर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्ण बहादुर पौडेल क्षेत्री, पर्यटन मन्त्रालयका सि.ए.टि.सि.अ. प्रमोद नेपाल र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा रहनुभएको छ ।

समितिलाई हाल हवाई उडान भर्ने कम्पनीहरूका हवाईजहाज र हेलिकप्टरमा विभिन्न समयमा समस्या देखिएकोले उडान सुरक्षालाई त्रुटिरहित बनाउने लगायतका विषयलाई आधार बनाएर अध्ययन गर्ने जिम्मेवारी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय