२०८१ माघ २४ बिहीबार

काठमाडौं । ग्रेटवाल मोटर्स नेपालले दसैं, तिहार तथा छठको अवसरमा छ लाख रुपैयाँसम्म लाभ हुने अफर ल्याएको छ । अफर ग्रेटवालको दुई एसयुभी थर्ड जेन हाभल एच ६ र हाभले जोलिनका साथै पिकअपमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले ‘चाडपर्वको उमंग, हाभल, पोयर चढी दंग’ अफर ल्याएको हो ।

अफरअन्तर्गत आकर्षक नगद छुट, एक वर्षको निःशुल्क सडक कर, निःशुल्क एसोसरिज, सहज फाइनान्स सुविधा, एक वर्र्षको विस्तृत बिमाका साथै हाभल गाडीमा पाँच वर्षको र पोयर गाडीमा तीन वर्षको वारेन्टी रहेको छ । हाभलको सुरुवाती मूल्य एक करोड तीन लाख ९९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय