२०८१ माघ ११ शुक्रबार

सरकारले नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरेर शुक्रबारवाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । दसैं–तिहार–छठजस्ता पर्वलक्षित गरेर खाद्यान्नलगायत सामाग्री खरिद गर्ने पसल सञ्चालनमा ल्याइएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानलगायतले सुपथ मूल्यका पसल खोलेका हुन । काठमाडौं उपत्यका सहित देशभर ३९ स्थानमा यस्ता पसल सञ्चलनमा आएका हुन ।

सुपथ मूल्यका पसलमा अन्य पसलमा भन्दा उपभोक्ताले दैनिक उपभोग्य सामाग्रीमा प्रति केजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट पाउनेछन । यस्ता पसलवाट चिनी, नुन, चामल, खसी–बोका, घ्यू, पनिरजस्ता सामान किन्न सकिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्यका पसलबाट विक्री गर्न खाद्य कम्पनीले एक हजार च्याङ्ग्रा र दुई हजार खसी–बोका खरिद गर्ने प्रक्रिया थालेको जानकारी दिएको छ । सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय