२०८१ फाल्गुन १ बिहीबार

काठमाडौ । नेपाल–चीन संयूक्त लगानीको हिमालय एअरलाइन्सले यसै साता आफ्ना सबै जहाजहरुमा बाह्य रुपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एइडी) राखेको छ ।

यात्रु सुरक्षालाई नै आफ्नो प्रमुखध्येय लिएको नेपाल–चीन संयूक्त लगानीको हिमालय एअरलाइन्सले तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९ मा अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राखेको हो । यस कार्य पश्चात हिमालय एअरलाइन्सका जहाजहरुमा अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राखिएको राष्ट्रकै पहिलो र एक मात्र एअरलाइन्स कम्पनी भएको जनाइएको छ ।

अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर मध्य आकाशमा जहाज उडिरहँदा भवितब्यबस यदि कुनै यात्रुमा श्वास–प्रश्वास बन्द हुने वा हृदय गति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता विरामीको निदान गरी ज्यानै जान लागेको ब्यक्तिलाई बचाउने जस्ता कार्य गर्ने बताइएको छ ।

विगत केहि सातादेखि हिमालय एअरलाइन्सका सबै उडान कर्मचारीहरुलाई उक्त जीवनदायी मसिनको प्रयोग बारे यथेष्ट तालिम समेत दिएर दक्ष र पुर्ण पारिएको जनाइएको छ ।

एअरलाइन्सले यस्ता मसिनहरु आफ्नो प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित ग्राउण्ड ह्याण्डलिङ्ग कार्यालयमा समेत जडान गरी आफ्ना सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य–सुरक्षाको समेत प्रत्याभूति गराएको र एअरलाइन्सले आफ्ना ग्राउण्डका सबै कर्मचारीहरुलाई समेत सो डफिब्रिलेटरको प्रयोग बारे वृहत तालिम दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय