२०८१ माघ २९ मंगलवार

काठमाडौं । दुईपटकसम्म स्थगित भएको कक्षा १२ को परीक्षा बुधबारबाट शुरू भएको छ । उक्त परिक्षा असोज ८ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी भएका छन् ।

परिक्षामा सहभागि विद्यार्थीलाई प्रत्येक बेन्चमा एक एक जना गरि राखिएको छ । सरकारले दिएको निर्देशन पालन गरी विद्यार्थी परिक्षा दिइरहेका छन् । सबै विद्यार्थीले कोभिडविरुद्धको खोप लगाएकालाई मात्र परीक्षामा समावेश गरिएको छ ।

४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्याल बताए । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले इन्टरनेट नपुगेका १ सय १३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय