२०८२ बैशाख ११ बिहीबार

काठमाण्डौं । एशियन लाइफ इन्स्योरेन्सले सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर १० स्थायी घर भएका बीमित गकुल महराको परिवारलाई १ करोड ८४ लाख १४ हजार रुपैयाँ मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनी संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले बीमितको श्रीमति निर्मला विष्टलाई एक कार्यक्रम आयोजना गरी चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले विषम परिस्थितीमा जीवन बीमाले बिमितको आश्रित परिवारलाई ज्यादै महत्वपूर्ण सहयोग पुर्‍याउने धारणा व्यक्त गर्दै बीमितलाई छिटो छरितो जीवन बीमा सेवा र दाबी भुक्तानी दिने कार्यमा एशियन लाइफ इन्स्योरेन्स प्रतिबद्ध रहेको बताए ।

कम्पनीका संचालक द्वय सजल मास्के, अच्यूत राज सापकोटा,प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

स्वर्गिय महराले एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा ७५ लाखको वार्षिक धन लाभ, २५ लाखको दम्पत्ति सुरक्षा प्लस र ६ लाखको १५ वर्षे अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । कूल बीमांक रकम १ करोड ६ लाख रुपैयाँमा दुर्घटना मृत्यु लाभ र बोनश रकम समेत जम्मा १ करोड ८४ लाख १४ हजार ५ सय ५८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरिएको हो ।

स्वर्गिय महराले जम्मा १५ लाख ३ हजार ८ सय ३९ १४ रुपैयाँ बीमा शुल्क बापतको रकम यस कम्पनीमा जम्मा गरेका थिए । बीमित महराको ३३ वर्षको उमेरमा २०७८ जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर