२०८१ मंसिर २१ शुक्रबार

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । भदौ महिनामा मात्र बैंकले ५ विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यहरुमा सहयोग गरेको छ ।

बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी” लागि रु. ५०,००० रकम मिडिया इन्टरनेसनललाई सहयोग गरेको छ । यसैगरी कास्कीको मालपोत कार्यालयमा सेवाग्राहीहरु बस्ने प्रतिक्षालयमा कुर्र्सीहरुको अभाव भएको हँुदा बैंकले ३ थान ३ सिटरको फलामको कुर्सी मालपोत कार्यालय कास्कीलाई हस्तानतरण गरेको छ ।

यसका साथै, बैंकले बालबालिकाको शिक्षामा टेवा पुराउनका निमित्त रेश्ट फाउन्डेसन अन्तरगत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकाका लागि चाहिने किताबको दराजको निर्माण गर्न रु. ४०,००० सहयोग गरेको छ ।

यसैगरी, बैंकले भैसेपाटी स्थित प्रगती युवा क्लवद्धारा आयोजन भएको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रमले विद्यमान चरम रक्त अभावलाई केही हदसम्म भएपनि सहयोग हुने अपेक्षा बैंकले गरेको छ ।

यसका साथै बैंकले आर्थिक स्थिति कमजोर भएका पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकास बरालको मृगौला प्रत्यारोपणका लागि रु ५०,००० सहयोग गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथगर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय