२०८१ चैत्र १४ बिहीबार

मुक्तिनाथ विकास बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेञ्चर÷ऋणपत्र २०८४÷८५ को क्रमसंख्या १ देखि १२,५०,००० सम्मको अंकित तथा चुक्तामूल्य रु. १००० कायम भएको कुल १२,५०,००० कित्ता थान ऋणपत्रको सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको १२,५०,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको मिति २०७८/५/१५ गतेको निर्णयानुसार सूचिकरण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय